नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, २१ : ३५
नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् ।

दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् । उनी यसअघि वाग्मती प्रदेश अध्यक्षसमेत थिए ।

प्रतिक्रिया दिनुहोस