काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको सामाजिक विकास समिति सभापति धर्मराज पाठक नेतृत्वको टोलीसँग आज भएको भेटका क्रममा उनले संघीयता कार्यान्वयनसँग जोडिएका निजामती र प्रहरीलगायतका ऐनरकानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्ने बताए।
प्रदेशसभा सदस्यहरू ओमविक्रम भाट, खुशीराम थारू, झपडबहादुर साउद, कैलाश चौधरी, माया पन्त र जानकीदेवी कुँवर समाहितटोलीले अध्यक्ष दाहालसँग भेट गरी संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको थियो ।
उनीहरूले संघीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माण गर्दा प्रदेशका सरोकारहरूलाई पनि सम्बोधन गर्नुपर्ने, प्रदेशलाई स्रोत, साधन र अधिकारसम्पन्न बनाउनुपर्ने लगायतका विषय पनि राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छः अध्यक्ष दाहाल
‘दक्षिण एशिया नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भयो’ : नारायणप्रसाद दाहाल
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष