काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दक्षिण एशिया विशेषगरी नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित क्षेत्र रहेको पनि बताएका छन्।
हिमाली देशको रूपमा नेपालको वातावरणीय प्रणाली संवेदनशील रहेको भन्दै उनले बाढी, पहिरो र कृषि क्षेत्रमा परेको असरले जलवायु संकटको गम्भीरता झल्काएको उल्लेख गरे ।
जलवायु परिवर्तनका कारण सहरहरू दिनानुदिन जोखिमयुक्त बन्दै गएको बताएका छन् ।
जलवायु–अनुकूलनशील सहरीकरण सुनिश्चित गर्न सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने पनि उनले बताए । अन्तर–व्यवस्थापिका संघको १५२ औँ महासभामा भाग लिन टर्कीको इस्तानबुलमा रहेका दाहालले यस्तो बताएका हुन् ।
राजधानी काठमाडौँले अव्यवस्थित सहरीकरण, वायु प्रदूषण, भूमिगत पानीको घट्दो सतह र चरम मौसमी घटनाहरूको जोखिम भोगिरहेको बताएका छन् ।
जलवायु परिवर्तन अब भविष्यको अनुमान मात्र नभई वर्तमानको यथार्थ संकट बनेको उल्लेख गर्दै संसद्हरूको भूमिका विधायिका, निगरानीकर्ता र जनप्रतिनिधिका रूपमा त्रि–आयामिक रहेको बताए ।
अध्यक्ष दाहालले विशेषगरी जोखिममा रहेका समुदायहरूको आवाजलाई सशक्त बनाउँदै समावेशी र न्यायोचित विकासलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए ।
नेपालले जलवायु अनुकूलन, न्यूनीकरण तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्दै नीति निर्माण गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : नारायणप्रसाद दाहाल
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता
संघीयता कार्यान्वयनसँग जोडिएका कानुन जतिसक्दो चाँडो ल्याउन पहल गर्छु : अध्यक्ष दाहाल
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
संसदीय अभ्यासलाई पारदर्शी र जनमुखी बनाउन प्रेस जगतको खबरदारी आवश्यक छ : अध्यक्ष दाहाल