मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता

सफल खबर संवाददाता

मंगलबार, ०४ कार्तिक २०८२, ११ : ३६
मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मानवतावादी मूल्य र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको पक्षमा नेपालको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तर व्यवस्थापिका संघको १५१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा सोमबार सम्बोधन गर्दै उनले अनेक प्रकारका सशस्त्र द्वन्द्व, जलवायु परिवर्तन, अस्थिरता र भ्रष्टाचारका कारण विश्व समुदायले सामना गरिरहेका चुनौतीलाई प्रभावकारी रूपमा समाधान गर्न संसद्हरूको भूमिका निर्णायक हुने धारणा राखे ।

अध्यक्ष दाहालले अहिलेको विश्व परिप्रेक्ष्यमा मानव मर्यादा र मानवतावादी कानुनहरू गम्भीर संकेटमा परेका उल्लेख गरे । नेपालमा मानव अधिकार आयोगले अन्तरराष्ट्रिय स्तरमा ‘ए’ स्तरको मान्यता प्राप्त गरेको जनाउँदै उनले मानव अधिकारसम्बन्धी कार्य गर्ने गरी संवैधानिक सुनिश्चितता, क्षमता, बहुलवाद र पर्याप्त स्रोत तथा अधिकार सुनिश्चित गर्ने पेरिस सिद्धान्तहरूको नेपालले प्रभावकारी अनुसरण गरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस