एजेन्सी । अमेरिकाले झन्डै डेढ महिनाअघि युक्रेनमाथि आक्रमण गरेको रूसविरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाएको छ। युक्रेनको राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि बुधबार थप प्रतिबन्ध घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसपालिको प्रतिबन्धमा अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीलाई पनि समेटेको छ। पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् भने मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन्।
पुटिनकी यी दुबै छोरीको विवाह भइसकेको छ। पुटिनले सन् १९८३ मा ल्युडमिला एलेक्सान्ड्रोभ्ना ओकेरेत्नायासँग विवाह गरेका थिए।
उनीहरूबी सन् २०१४ मा पारपाचुके भएको थियो। पुटिनले कहिले पनि आफ्नी छोरीहरूका बारेमा सार्वजनिक जानकारी दिएका थिएनन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ चैत्र २०७८, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपले इच्छा देखाए तेल र ग्यास आपूर्तिमा सहकार्य सम्भव : पुटिन
युवा वैज्ञानिकहरूलाई पुटिनले दिए राष्ट्रपति पुरस्कार
फेब्रुअरी १ सम्म किभमा आक्रमण नगर्न पुटिन सहमत
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी