एजेन्सी । अमेरिकाले झन्डै डेढ महिनाअघि युक्रेनमाथि आक्रमण गरेको रूसविरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाएको छ। युक्रेनको राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव भेटिएको घटनापछि अमेरिकाले रूसमाथि बुधबार थप प्रतिबन्ध घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसपालिको प्रतिबन्धमा अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीलाई पनि समेटेको छ। पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रूसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् भने मारियाले रूसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन्।
पुटिनकी यी दुबै छोरीको विवाह भइसकेको छ। पुटिनले सन् १९८३ मा ल्युडमिला एलेक्सान्ड्रोभ्ना ओकेरेत्नायासँग विवाह गरेका थिए।
उनीहरूबी सन् २०१४ मा पारपाचुके भएको थियो। पुटिनले कहिले पनि आफ्नी छोरीहरूका बारेमा सार्वजनिक जानकारी दिएका थिएनन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २४ चैत्र २०७८, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन
युरोप रुससँग लड्न चाहन्छ भने हामी पनि तयार छौँ : पुटिन
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
बेइजिङमा पुटिन र किमबीच भेटवार्ता
चीन-रुस सम्बन्ध ‘अभूतपूर्व स्तरमा’ पुगेको छ: पुटिन