एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार (२९ जनवरी) वासिङ्टनमा आयोजित क्याबिनेट बैठकमा एक महत्वपूर्ण खुलासा गरेका छन् ।
उनका अनुसार युक्रेनमा जारी जाडोलाई मध्यनजर गर्दै उनले रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई युक्रेनको राजधानी किभमा एक हप्तासम्म आक्रमण नगर्न अनुरोध गरेका थिए, जसलाई पुटिनले स्वीकार गरेका छन् ।
“मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्तासम्म किभ र अन्य सहर तथा बस्तीहरूमा बमबारी नगर्न भनेको थिएँ र उहाँ यसका लागि तयार हुनुभयो,” ट्रम्पले भने ।धेरैले उनलाई पुटिनले मान्दैनन् भन्दै फोन नगर्न सल्लाह दिएका थिए ।
चार वर्षदेखि जारी रुस–युक्रेन युद्धमा रुसले प्रायः हिउँदको समयमा युक्रेनको ऊर्जा संरचना (विद्युत् र हिटर प्रणाली)लाई निशाना बनाउने गरेको छ । यद्यपि, यस अस्थायी युद्धविराम वा आक्रमण रोक्ने विषयमा रूसको तर्फबाट हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन । किभबाहेक अन्य कुन–कुन सहर यस सम्झौताको दायरामा पर्नेछन् भन्ने पनि स्पष्ट भइसकेको छैन ।
युक्रेनको मौसम विभागका अनुसार, किभमा शुक्रबारदेखि तापक्रममा भारी गिरावट आउनेछ । शनिबारदेखि लगातार चार दिनसम्म रातिको तापक्रम –२० डिग्री सेल्सियसभन्दा तल जाने अनुमान गरिएको छ । यस्तो कडा जाडोमा बमबारी रोकिनुले सर्वसाधारणलाई ठूलो राहत मिल्ने देखिन्छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पद्वारा घोषित यो सम्झौता लागु हुने आशा व्यक्त गरेका छन् । उनले जाडो मौसमका कारण गरिएको यो मानवीय पहलले कम्तीमा एक हप्ताका लागि किभ र अन्य सहरका नागरिकलाई सुरक्षित राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १७ माघ २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी जेलमा थुनिएका फ्रान्सेली अनुसन्धानकर्ताको मुद्दाबारे ‘अध्ययन गर्ने’ पुटिनको घोषणा
युक्रेनको सन्दर्भमा हाम्रा लक्ष्य पूरा भएरै छाड्नेछन् : पुटिन
शान्ति वार्ता असफल भए थप भूमि कब्जा गर्नेे जेलेन्स्कीलाई पुटिनको चेतावनी
पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने
रुसको आर्थिक वृद्धिको गति सुस्त हुँदै गयो : पुटिन
युरोप रुससँग लड्न चाहन्छ भने हामी पनि तयार छौँ : पुटिन