एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्केनले युक्रेनलाई थप १० करोड डलर सहयोग घोषणा गरेका छन्। रुसले युक्रेनमा गरेको बर्बरताको समाचार आएसँगै अमेरिकाले थप सहयोग घोषणा गरेको हो।
एक विज्ञप्ति जारी गर्दै ब्लिन्केनले भने, ‘युक्रेनको अतिरिक्त एन्टी–आर्मर सिस्टमको तत्काल आवश्यकता देख्दै अमेरिकाले १० करोड डलरसम्मको सुरक्षा सहायता दिने निर्णय गरेको छ।’
त्यस्तै चेक रिपब्लिकले पनि युक्रेनलाई युद्धको लागि हतियार पठाउने भएको छ। चेक रिपब्लिक रुससँग लडिरहेको युक्रेनलाई हतियार सहयोग गर्ने पहिलो युरोपेली मुलुक बनेको छ।
वरिष्ठ चेक अधिकारीले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा युक्रेनलाई सोभियत निर्मित टी–७२ ट्यांक र बीभीपी–१ वाहन युक्रेन पठाएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ चैत्र २०७८, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य