पूर्व-राजा वीरेन्द्रको शालिक स्थापना

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १२ : ३७
पूर्व-राजा वीरेन्द्रको शालिक स्थापना

काठमाडौं। तुलसीपुर उपमहानगरपालिका -५ मा पूर्व-राजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना गरिएको छ। तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्व-राजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो।करिब १६ वर्षपछि पुन: वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो। उपमहानगरपालिका-५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए।

'आफूहरू जनप्रतिनिधि भएर आइसकेपछि वडा सरकारबाट निर्णय गराएर वीरेन्द्र चोकमा बोर्ड राख्यौ, सोहीअनुरूप मूर्ति स्थापना गर्न सफल भएका हौं। यसमा सरकारले कुनै पनि लगानी छैन', उनले भने। उनले केही सहयोगी व्यक्तिहरूको झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना गरिएको र यसको एकमुष्ट रकम केही दिनमा सार्वजनिक गर्ने बताए। वडाध्यक्ष शाह नेपाली कांग्रेसबाट निर्वाचित हुन्।

तोडफोड भएपछि उक्त शालिक गाडिएको अवस्थामा हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा अवस्थामा भेटिएको थियो। क्षतिग्रस्त शालिक काम नलाग्ने भएपछि वीरेन्द्र चौकमा खाली राखिएको थियो।

प्रतिक्रिया दिनुहोस