काठमाडौं।सरकारले मोबाइल फोन रिपियरदेखि बेकरीसम्मको तालिम दिन लागेको हो । श्रम मन्त्रालय अन्तर्गतको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आफूले सूचीकृत गरेका केही संस्थाहरूबाट तालिम दिन लागेको हो। तालिम लिन इच्छुकले फोनमार्फत सम्पर्क गर्न सक्नेछन् ।
सरकारले मोबाइल फोन रिययरिङका लागि १६० जनालाई तालिम दिने छ भने कम्प्युटर रिपयरिङ तालिम ६० जनालाई दिने छ। यसैगरी विल्डिङ इलेक्ट्रिसियन १०० जनालाई, टायल मार्वल फिटर ८० जना, वेल्डर ८० र टेलरिङ एड्भान्स १६० जनालाई तालिम दिने छ।
टेलरिङ तालिम २०० जनालाई, सेक्युरिटी गार्ड तालिम १४० जनालाई, विल्डिङ इलेक्ट्रिसियन १०० जनालाई, प्लम्बिङ ६० जना, कम्प्युटर रिययरिङ १०० जनालाई दिने छ। सरकारले कम्पनी छनौट गरेर यी तालिम कसको भागमा भनेर छुट्याइदिएको छ।त्यसैले फरक फरक कम्पनीले एउटै तालिम विभिन्न व्यक्तिहरुलाई दिने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ चैत्र २०७८, १२ : ०८
लेखकबाट थप