काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १२८ दिने र ३६४ दिने अर्थात् एक वर्षको गरी चार किसिममा कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो ।
इच्छुक लगानीकर्ता (खरिदकर्ता) ले आज दिउँसो ३ बजेसम्म बिल खरिदका लागि दरखास्त दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।
बिलको बाँडफाँड भने कुल निष्काशनको ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै