काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १२८ दिने र ३६४ दिने अर्थात् एक वर्षको गरी चार किसिममा कुल २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको हो ।
इच्छुक लगानीकर्ता (खरिदकर्ता) ले आज दिउँसो ३ बजेसम्म बिल खरिदका लागि दरखास्त दिन सक्नेछन् । बैंकका अनुसार २८ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिनका लागि ९ अर्ब १० करोड, १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ ।
बिलको बाँडफाँड भने कुल निष्काशनको ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर