काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् ।
काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
आसन्न निर्वाचनमा गठबन्धन आवद्ध दलहरूबीच तालमेल गरेर अघि बढ्ने बताएका उनले गठबन्धन बाहिरका विचार मिल्ने दलहरू पनि तालमेल गर्न प्रस्ताव आएको बताए ।
सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेका ओली पनि गठबन्धन बनाएर चुनावमा जान खोजेको अध्यक्ष नेपालको भनाइ छ । ओलीले राप्रपासँग गठबन्धन गर्न खोजेको नेपालले बताए ।
‘सत्तारुढ गठबन्धनलाई तोड्न केपी ओली लागिपरेका छन्,’ उनले भने, ‘तर, उनी पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’