काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ ।
पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा। रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए ।
जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भएपछि पुनलाई गत १३ असोजमा थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो । दुई महिनाको उपचारपछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि पुनलाई १० मंसिरमा चीनबाट विशेषज्ञ चिकित्सकसहितको टोली आएर सेनजेन लगेको थियो । स्वास्थ्य लाभ गरी पुन १० माघमा स्वदेश फर्किएका थिए ।
स्वास्थ्य अवस्था सामान्य रहे पनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिइन् । स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १।५ देखि ८ बिन्दुसम्म हुने भए पनि पुनको शरीरमा उक्त मात्रा अत्याधिक छ । पुन स्वास्थ्य जाँच गरी चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
सिनेट बैठक किन रोकेको ? भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न
वर्षमान पुन र ओनसरी घर्तीले लिए मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी
सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाऔँः वर्षमान पुन
भिजिट भिसा प्रकरण अनुसन्धान गर्न एक महिनाभित्र छानबिन समिति बन्छ : वर्षमान पुन
बजेटमा सरकारले तल्लो वर्गलाई उपेक्षा गरेको छ : वर्षमान पुन