काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले बक्यौता बुझाउन तीन क्यासिनोलाई अल्टिमेटम दिएका छन् । ती क्यासिनोले साढे ९० करोड बुझाउन बाँकी रहेकामा मन्त्री आलेले पाँच दिनको अल्टिमेटम दिएका हुन् ।
पटक पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन् ।
विभागले सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (¥याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, ०७ : ३९
लेखकबाट थप