भरतपुर २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १७ : ०३
भरतपुर २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान

चितवन । चितवनमा राष्ट्रिय भूमि आयोग चितवनले लालपूर्जा वितरणको प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्य तीव्र पारेको छ । सोही अभियान अन्र्तगत आयोगले आज भरतपुर महानगरपालिका वडा नं २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान गरेको वडा विष्णुराज महत्तोले जानकारी दिए ।

एक समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, विज्ञ सल्लाहर नीरप्रसाद लामिछाने, सदस्य लक्ष्मीकान्त दवाडी र भरतपुर वडा २२ का वडा अध्यक्ष वडाध्यक्ष विष्णुराज महत्तोले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गरेका थिए ।निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । उनीले नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरे ।

सो अवसरमा बोल्दै मेयर रेनु दाहालले चुनावी वाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउँदा खुसी लागेको बताइन् । यस्तै उपमेयर पार्वती शाहले जनताको चाहना पुरा गर्न पाउदा आफुहरुलाई सन्तुष्टि मिलेको बताईन् ।

यसैगरि आयोगका अध्यक्ष तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै लालपुर्जा पाउनेमा ढुक्क रहन आग्रह गरे । उनले भुमाफीया र जनताले विरोधीले भूमि आयोगको सक्रियतालाई गलत ढंगले प्रचारप्रसार गरेको बताउदै हल्ला भन्दा कामको पछि लाग्न अपिल गरे ।

चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली निरन्तर आफै फिल्डमा खटिएर स्थलगत खटिएर काम गरिरहेका छन् । भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस