काठमाडौँ । काठमाडौँको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका दुई युवकको ज्यान गुमेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको ज्यान गुमेको जानकारी दिए।
ना १ ज ६३५४ नम्बरको टाटा सुमोले पल्सर बाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना सख्त घाइते भएका थिए। उनीहरुलाई बल्खुस्थित वयोधा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। त्यस्तै, टाटा सुमोमा यात्रा गरिरहेका दुई जना पनि घटनामा घाइते भएको मैनालीले जानकारी दिए।
मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी भए पनि अर्काको पहिचान खुलिसकेको छैन।टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल सडकभन्दा करिब २५ मिटर तल खसेको जानकारी पनि मैनालीले दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १६ : ३१
लेखकबाट थप