चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १५ : २७
चैत महिनाभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनको आग्रह

 काठमाडौं ।  आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ।

इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन्।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओ कवारीले सचेत गराएका छन्।

सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस