काठमाडौं । नेकपा एमालेका प्रभावशाली जिल्ला नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्धारा धुलिखेलमा आयोजित एक विशेष कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरणले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका थिए ।
नेपाली कांग्रेसका प्रवक्ता डा महतले देशको विकास र जनताको सुख समृद्धिको लागि काम गर्ने पार्टी नै नेपाली कांग्रेस भएकोले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न उनिहरुले लिएको निर्णय सही भएको बताए।उनले नेपाली कांग्रेसको आदर्श,सिद्धान्त,नीति तथा कार्यक्रमबाट आकर्षित भएर पार्टीमा प्रवेश गरेका राजनीतिकर्मीलाई स्वागत गर्दै शुभकामना पनि दिएका थिए।
कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईले दिएको जानकारी अनुसार नेकपा एमालेका प्रदेश कमिटी सदस्य रामकृष्ण हुमागाईँसहित पूर्वगाबिस अध्यक्ष साधुराम बडाल , उपाध्यक्ष विष्णुबहादुर बस्नेत, निर्वाचित वडा सदस्य तथा धुलिखेल एमाले नगरकार्यपालिका सदस्य उपेन्द्र हुमागाईँ, नेकपा एमालेका नेता माधबमणि हुमागाई, जिल्ला सदस्य मुरारी हुमागाईँ , एमाले नगरपालिका सदस्य पुरुषोतम बस्नेत , नगर एमाले नगर सदस्य यादब गौतम ,धनञ्जय हुमागाई, अर्जुनबहादुर भुजेल , रामकृष्ण भुजेल लगायत सयौंको संख्यामा नेकपा एमालेलगायत विभिन्न पार्टी परित्याग गरेका राजनीतिककर्मीहरु नेपाली कङ्ग्रेसमा प्रवेश गरेका छन ।
तीन दशक लामोसमयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुमागाइँँ भूमि आयोग काभ्रेका जिल्ला संयोजक समेत रहेका थिए ।स्थानीय निर्वाचनको मुखमा एमालेका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेकोले धुलिखेलसहित समग्र काभ्रे जिल्लामा नेपाली कांग्रेसलाई फाइदा हुन पुगेको छ ।
केहि दिन अघि मात्रै धुलिखेल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निराजन जंगमले पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन ।यसले धुलिखेल नगरपालिकाको आउदो चुनावमा नेपाली कांग्रेसलाई बलियो बनाउन मद्दत पुर्याएको छ । नेकपा एमालेको जिल्ला अध्यक्ष समेत रहेका धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु श्रेष्ठको जनाधार कमजोर बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १५ : ०४
लेखकबाट थप