साथीहरुबीच झगडा हुँदा खुकुरी हानाहान

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १४ : ३८
साथीहरुबीच झगडा हुँदा खुकुरी हानाहान

काठमाडौँ । काठमाडौँको शंखमूल परिसरमा साथीहरुबीच आपसमा झगडा हुँदा बुधबार दुवैले एक अर्कालाई खुकुरी प्रहार गरेका छन्।साथीहरुको आपसी विवादका कारण खुकुरी प्रहार भएको हुनसक्ने प्रहरीले जनाएको छ।

खुकुरी प्रहारपछि दुवै घाइते अवस्थामा रहेको भन्ने बुझिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेश मैनालीले बताएका छन्।उनका अनुसार घटना बुधबार दिउँसो केही बेरअघि मात्र भएकोले प्रहरीले अनुसन्धान गरिरहेको र थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस