काठमाडौं । १२ वर्षिया बहिनीलाई बलात्कार गरेको आरोपमा बझाङमा दाजु पक्राउ परेका छन् ।
१९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको छ । घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन्।
अभियुक्तलाई पक्राउ गरिएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले आरोपीमाथि जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किशोरी छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
महिलालाई बलात्कार गरेको आरोपमा रास्वपाका नेता पक्राउ
१३ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
भारतीय क्रिकेटर यश दयालविरुद्ध बलात्कार आरोप