काठमाडौं । पछिल्ला वर्षहरुमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने चिनियाँ कामदारको संख्या ह्वात्तै बढेको छ । श्रम स्वीकृति लिएर चीनमा काम गर्न जाने नेपालीको संख्याभन्दा साढे चार गुनाभन्दा बढी चिनियाँहरु नेपालमा काम गर्न आउने गरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो पाँच वर्षमा ६ हजार १०० चिनियाँले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
सन् २०१७ देखि २०२२ मार्च १९ सम्म्मको अवधिमा ती चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका हुन् । नेपालमा काम गर्न आउने विदेशी नागरिकलाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम स्वीकृति प्रदान गर्नेगर्छ । वैदेशिक रोजगार विभागका अनुसार सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा चीन जान १ हजार ३१६ जनाले श्रम स्वीकृति लिएका छन् ।
‘देश भित्र अहिले चिनियाँ लगानीमा धेरै प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । ती प्रोजोक्टमा काम गर्न चीनले आफ्ना नागरिक ल्याएको छ । यसैकारण अन्य देशको तुलनामा चिनियाँ कामदर बढी देखिएको हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले जनतापाटीसँग भने ।
पछिल्लो पाँच वर्षमा कूल ८ हजार ५६५ जना विदेशी नागरिकले नेपालमा काम गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रम स्वीकृति लिएका छन् । तीमध्ये करिव दुई तिहाई संख्या चिनियाँ नागरिकको रहेको छ ।
चिनियाँपछि नेपालमा श्रम स्वीकृति लिएर काम गर्न आउने ठूलो संख्या बेलायती, अमेरिकी, जापानी र दक्षिण कोरियालीहरुको छ । सो अवधिमा नेपालमा काम गर्न ४१६ जना बेलायती, २५० जना अमेरिकी, १८३ दक्षिण कोरियाली र १३० जना जापानीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा विश्वका ९९ देशका नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
चीनबाट नेपालमा आउनेको तुलनामा नेपालबाट चीनमा काम गर्न जानेको संख्या निकै सानो रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र तीन जना नेपालीले चीनमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११२, २०७६/७७ मा १९१, २०७५/७६ मा ४४८, २०७४/७५ मा ३३१ र २०७३/७४ मा २३१ जनाले चीन जानको लागि श्रम स्वीकृति लिएका थिए । नेपालबाट रोजगारीको लागि चीन जानेको संख्याभन्दा ४.६३ गुना बढी चिनियाँ कामदार कामको खोजीमा नेपाल आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ चैत्र २०७८, १७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट