काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले देशको नेतृत्व नगरेसम्म देशले मुहार नफेर्न दाबी गरेका छन् ।
सो पार्टीले आज सिन्धुलीमा गरेको आमसभामा उहाँले ठूला दलहरु एउटै सिक्काको दुई पाटा भएकाले कुनै फरक नभएको बताए । “कुनै पनि पार्टी, नेताले १०÷१० वर्ष मौका पाउँदा पनि देशले मुहार फेर्न नपाएकाले हामी जनताको अदालतमा भन्न आएका हौँ”, उनले भने ।
जनतालाई बुझाउन सके राप्रपाले देश बनाउने भन्दै एकपटक राप्रपालाई सहयोग गर्न उहाँले अपिल गरे । “देशको उत्पादनले नधानेसम्म मुलकमा समृद्धि हासिल गर्न सकिन्न, देशमा उत्पादन भएको बिजुली देशमै खपत गरौँ, विद्युत् उत्पादनमूलक कार्यमा खपत गरे मुलुक आर्थिकरूपमा समृद्ध बन्छ”, उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०५ चैत्र २०७८, २१ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन