काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनको मागमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सँग भेटवार्ता गरेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको विषयमा भने पार्टी प्रवक्ता प्रकाण्डले खुलाएका छैनन् ।२०७७ को फागुन २० गते ओली नेतृत्व सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।
सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संर्घष छाडेर विप्लव नेतृत्वको नेकपा मुल धारको राजनीतिमा आएको थियो । तर, सहमति अनुसार विप्लवका नेता तथा कार्यकर्ता कारगारबाट रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज नभएपछि आफ्ना माग पुरा गरिदिन विप्लव नेतृत्वको नेकपा देउवा नेतृत्वको सरकारसँग भेटवार्ता गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको सरकार १५ मन्त्रालयमै सीमित हुने, कुन–कुन मन्त्रालय गाभिन सक्छन् ?
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
दुई सातापछि नयाँ सरकार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन एवं पूजाआराधना
मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल