काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भएको छ ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिको कार्यान्वयनको मागमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सँग भेटवार्ता गरेका छन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको विषयमा भने पार्टी प्रवक्ता प्रकाण्डले खुलाएका छैनन् ।२०७७ को फागुन २० गते ओली नेतृत्व सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको थियो ।
सरकारसँग भएको सम्झौतासँगै सशस्त्र संर्घष छाडेर विप्लव नेतृत्वको नेकपा मुल धारको राजनीतिमा आएको थियो । तर, सहमति अनुसार विप्लवका नेता तथा कार्यकर्ता कारगारबाट रिहाइ तथा सम्पूर्ण मुद्दा खारेज नभएपछि आफ्ना माग पुरा गरिदिन विप्लव नेतृत्वको नेकपा देउवा नेतृत्वको सरकारसँग भेटवार्ता गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १३ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप