काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणि गरेका हुन् ।
'देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छु' उनले भने, 'त्यही भएर उहाँलाई केही चिन्ता छैन । माछो ल्याएर घैलामा राख्नु भएको छ ।'
अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै आएको ओलीले भने, 'परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।' त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष-२०८२ को ‘लोगो’ सार्वजनिक
विश्वमा अशान्ति बढेको बेला बुद्ध दर्शन र शिक्षाको उपादेयता बढ्यो: प्रधानमन्त्री ओली
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध: प्रधानमन्त्री ओली
यी हुन् प्रधानमन्त्री ओलीले अघि सारेका १७ नयाँ नीति (सूचीसहित)
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट
कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु, पौने २ खर्बका ७१ परियोजना सोकेसमा