काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष सडकमा पछारिएको बताएका छन् । र आफूहरु देशको अगुवाइ गरिरहेको बताएका छन् ।
‘सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा छारिन पुगे ? के गर्छस् मंगले आफ्नै ढंगले’ धादिङको गल्छीमा आयोजित कार्यक्रममा उनले भने, ‘केपी ओली आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिएका छन् । हामी देशको अगुवाइ गरिरहेका छौं ।’
पाँच दलीय गठबन्धन भत्काउन एमाले अध्यक्ष ओलीले निकै प्रयास गरे पनि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनतिर इमान्दारिता देखाएको बताए ।
‘यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरे, हाम्रो एकता तोड्न कोशिस गरे । मान्छेलाई लाग्यो कतै केपी ओली र शेरबहादुर मिल्ने त होइन ?’ उनले भने, ‘तर शेरबहादुरजीले इमान्दारिता राख्नुभइयो । उहाँले भन्नुभयो–संकटका बेला मिलेर अघि बढेका छौं । यो संकटका बेलाको मित्रतामा घात गर्न सक्दिन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह