गठबन्धन दलहरुले एमसीसीलाई सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरे: राजेन्द्र लिङदेन

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १२ : २६
गठबन्धन दलहरुले एमसीसीलाई सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरे: राजेन्द्र लिङदेन

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाबाट एमसीसी पारित गर्दा गरिएको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाग्ने टालो भएको बताएका छन् ।

शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसीसी पारित गर्दा गरेको ब्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् ।

उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए । ‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन् ’, उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’

प्रतिक्रिया दिनुहोस