काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्षी दल एमालेप्रति खनिएका छन् । एमाले र उसका नेता कार्यकर्ता भ्रामक प्रचार गर्न अभ्यस्त रहेको बताउँदै प्रचण्डले कर्णालीको कार्यक्रममा पनि त्यस्तै प्रचार भएको बताए । उनले आफ्नो चस्मा देखाउँदै फुट्दै नफुटेको चस्मा कसरी फुट्यो भन्दै एमालेले हँसाएको बताए ।
शुक्रबार पार्टीको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डमाथि कार्यक्रम हलमै ढुंगा प्रहार भएको भ्रामक खबर शुक्रबार फैलिएको थियो । त्यसबारे जिल्ला प्रहरी कार्यालय सुर्खेतले समेत खण्डन गरिसकेको सन्दर्भमा प्रचण्ड पनि बोलेका हुन् ।
प्रचण्डले भने– कमरेड मनऋषिले देखाउनु भयो एउटा समाचार, काठमाडौंमा अहिले त्यो भाइरल भएको छ रे, कर्णालीमा प्रशिक्षण सिटी हलमा भएको थियो–त्यो ठाउँमा प्रचण्डमाथि ढुंगा प्रहार भयो । प्रचण्डको चस्मा फुट्यो । त्यहाँ असफल भयो भनेर प्रचार गरेका रहेछन् । हामी त्यहाँ सहभागी भएर आउनेहरुका लागि त त्यो हाँसोउठ्दो कुरा भयो ।
त्यति अनुसाशित र भव्य रुपमा सफल भएको छ । मैले लगाएको चस्मा यही हो जस्ताको जस्तै छ । तर, बुझ्दा के देखियो भने एमाले भन्ने गुटका मान्छेहरु विछिप्त भएका छन् । उनीहरुले झूटो प्रचार गरेर पनि बाहिर केही भ्रम दिन सकिन्छ कि भनेर कोशिस गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद