काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ ।
आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए ।
उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’ अभियान एक महिनासम्म जारी रहने उनले बताए ।
पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए ।
सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर, के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए । ‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् । सरकारले ३० वैशाखमा स्थानीय तहकाे निर्वाचनकाे मिति ताेकेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निर्वाचन परिणाममा ‘प्रतिक्रिया मत’को प्रभाव देखिएको काँग्रेसको निष्कर्ष
नेविसंघको निर्णय अराजनीतिक र अवैधानिक भन्दै काँग्रेसले दियो कारवाहीको चेतावनी
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
बारा काँग्रेसमा आन्तरिक विवाद चर्कियो