काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ अन्तर्गत आफूलाई मन परेका प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गरी भोट दिन सक्ने भएका छन् । बैंकले मोबाइल एप प्रयोगकर्ताहरूलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भवस्’ भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
हालसम्म बैंकले ७६ जिल्लामा २८७शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान दिइरहेको दाबी गरेको छ । बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउन पनि सघाइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने