ओखलढुंगा । ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।
मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ । माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा जिप दुर्घटना: एक जनाको मृत्यु, १८ घाइते
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना