हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, १४ : २७
हुम्लामा जिप दुर्घटना हुँदा चार जना घाइते

काठमाडौँ । हुम्ला सिमकोट गाउँपालिका-७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन ।

कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल

गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको छ ।