तोकिएको समयभित्रै काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १२ : ०७
तोकिएको समयभित्रै काम सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गुणस्तरीय काम गर्न सबैसँग आग्रह गरेका छन । तनहुँको भानु नगरपालिका–६ स्थित बागेश्वरी मार्ग कालोपत्रका लागि भइरहेको कामको निरीक्षण गर्दै गुणस्तरमा कसैसँग सम्झौता नहुने प्रष्ट पारे ।

उनले तोकिएको समयभित्रै काम सम्पन्न गर्न पनि निर्देशन दिए।उनले काममा अवरोध र अप्ठ्यारा भए सहयोग गर्न तयार रहेको पनि बताए । भानु नगरपालिकामा बागेश्वरी मार्ग कालोपत्र, नाला निर्माण र ग्राभेलको काम अगाडि बढाइएको छ ।

कालोपत्रका लागि सडक डिभिजनबाट दुई करोड र सहरी विकास मन्त्रालयबाट तीन करोड रुपैयाँ विनियोजन भएको छ । ५ सय मिटर सडक कालोपत्र, ३ हजार मिटर नाला र ४ हजार मिटर सडक ग्राभेल गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस