काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा महासचिव नेक्रविक्रम चन्द विप्लवबीचको भेटवार्ता सकिएको छ ।
नेता श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए । भेटमा दुई नेताबीच अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन गरेपछि माओवादीभित्र चुलिएको आन्तरिक विवाद र अवको गन्तव्यबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।
महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्टबीच धुव्रीकरण हुनुपर्ने धारणा राख्दै एउटै मोर्चा बनाएर जाने प्रस्ताव गरेका थिए । जसमा श्रेष्ठले सकारात्मक जवाफ दिएका छन् । एमसीसी अनुमोदनमा नेतृत्वले धोका दिएको भन्दै नेता श्रेष्ठले अब बस्ने पार्टी बैठकमा राष्ट्रियताको विषय उठाउने बताएका छन् ।
एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ