काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। बुधबार विहान छलफलका लागि हात्तीवनस्थित नेता श्रेष्ठको निवासमा महासचिव विप्लव पुगेका हुन् ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन गरेपछि माओवादीभित्र चुलिएको आन्तरिक विवादकाबीच श्रेष्ठ र विप्लवबीच भेटवार्ता भएको हो । अहिले दुई नेताबीच एमसीसीलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको स्रोतले जनाएको छ ।
व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमसीसी पारित गर्न नहुने पक्षमा रहेका श्रेष्ठ रुष्ट भएका छन् । यसैबीच श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने आंकलनसहित अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित निवासमा पुगेर छलफल गरेका थिए ।
त्यस्तै, महासचिव विप्लव नेतृत्वको नेकपाले एमसीसीको विरोधमा देशव्यापी प्रदर्शन र नेपाल बन्दको आह्वान गर्दै आएको छ । हालै एमसीसी पारित भएको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । त्यसकारण पनि एउटै लाइनमा रहेका श्रेष्ठ र विप्लवबीच भेटवार्ता हुनुलाई नेपाली राजनीतिक वृत्तमा चासोको साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नारायणकाजी श्रेष्ठ
कुलिङ पिरियडसम्बन्धी विधेयकमा हेरफेर सुनियोजित अपराध हो : नारायणकाजी श्रेष्ठ
निजामती ऐन र शिक्षा ऐनलाई छिटो अघि बढाउन नारायणकाजी श्रेष्ठ आग्रह
देश बनाउन फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ : नारायणकाजी श्रेष्ठ
माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छ : नारायणकाजी श्रेष्ठ
सैद्धान्तिक रूपमा नेपालका कम्युनिष्टबिच एकता हुनुपर्छ भन्नेमा म प्रष्ट छु : नारायणकाजी श्रेष्ठ