आजको संसद बैठकमा पनि अवरोध कायमै राख्छौ–नेम्बाङ

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १३ : ०५
आजको संसद बैठकमा पनि अवरोध कायमै राख्छौ–नेम्बाङ

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको भए पनि आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्ने एमाले संसदीय दलको उपनेता सुवास नेम्बाङले जानकारी दिए। 

हामीले हाम्रो माग सम्बोधनका लागि कांग्रेससँग पनि कुरा गरेका हौँ। तर, त्यहाँ कुनै सहमति हुन सकेन। तर, उहाँहरूको एमसिसी पास गर्ने निर्णय गरेपनि हामी हाम्रो माग पूरा नभइएसम्म कुनै संसदीय प्रक्रियामा भाग लिँदैनौँ।’ सत्ता गठबन्धनले आफूहरूको संसदीय प्रक्रियामा सहभागी गराउन नचाहेको  बताए। 

प्रतिक्रिया दिनुहोस