अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू : परराष्ट्र मन्त्रालय :

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १३ : ५८
अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू : परराष्ट्र मन्त्रालय :

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो ।

हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस