काठमाडौँ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेका छन्।
आज पत्रकार सम्मेलन गरेर प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विभिन्न देशको ट्रान्जिटमा रहेका नेपाली पनि सुरक्षित रहेको जानकारी आएको बताए।
उनले खाडीमा रहेका विभिन्न १० नियोगमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क भइरहेको समेत बताए। उनले युएईमा इरानी आक्रमणमा परेर मृत्यु भएका गोरखाका दिवस श्रेष्ठको शव चाँडै ल्याउने समेत बताए।
नेपालीहरूको विवरण संकलन भइरहेको भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्की सुरक्षा सावधानी अपनाएर बस्न आग्रह गरेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ फागुन २०८२, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानमा नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको उद्धार प्रक्रिया जारी रहेको परराष्ट्रको प्रस्टोक्ति
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’