एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : ईश्वर पोखरेल

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १४ : ०२
एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण :  ईश्वर  पोखरेल

कााठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएको प्रति आपति जनाएका छन ।

उनले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पु¥याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताए ।शनिबार काठमाडौं महानगरपालिका ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप समेत लगाए।

उनले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए ।उनले जनताको बीचमा फट्याई कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन पनि सबैलाई आग्रह गरे ।

उनले भने, ‘राजनीतिक ढंगले अनेक खालका दूभाग्यपूर्ण विवादहरु देखिरहेका छौं हामीहरु । म एउटा राजनीतिक पार्टीको जिम्मेवार कार्यकर्ता पनि हुँ । राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ ।

राजनीतिक पार्टीका मानिसले जनताको निगरानीमा बसिराख्यौ भने भूलचुक हुन पनि कमी हुने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस