काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि आफ्नो पार्टीको ध्यान चार वटा विषयमा केन्द्रीत हुने बताएका छन् ।
शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले एमालेले अब चार विषयमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।
ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो छ– तोकिएकै मितिमा निर्वाचन गराउने । एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिने उनले बताए ।
एमालेको तेस्रो ध्यान जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने अध्यक्ष ओलीले बताए । एमालेले स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने उनले उनले जनाए ।
‘यी कामहरुमा हामी अघि बढ्छौ र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु संञ्चालन गर्छौं । जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
एमाले कार्यदलको बैठक बस्दै
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले