‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी

सफल खबर संवाददाता

आइतबार, २८ असार २०८३, १४ : ०४
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकतामा राखिएको बताएकी छन्। चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरिन्।

चितवनको सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले वार्षिक करिब दुई लाख पर्यटक आउने यस केन्द्रलाई थप व्यवस्थित गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको बताइन्। यसका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन्।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीको सेवा–सुविधा, स्थायी नियुक्तिसम्बन्धी विषय तथा प्रजनन केन्द्र र निकुञ्जमा रहेका हात्तीको संरक्षण, पालनपोषण र व्यवस्थापनबारे जानकारी लिँदै त्यसतर्फ विशेष ध्यान दिन निर्देशन दिइन्।

 

प्रतिक्रिया दिनुहोस