काठमाडौँ । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौँ महानगरपालिका-६, कुमारीगाल क्षेत्रबाट मनोद्विपक पदार्थ ट्रामाडोलका ७२ हजार १०० क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
ब्युरोका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा लागू औषध कारोबार नियन्त्रणका लागि सञ्चालन गरिएको विशेष निगरानी तथा कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ का २४ वर्षीय अनिल लामा रहेका छन्।
कारबाहीका क्रममा प्रहरीले ट्रामाडोलका ७२ हजार १०० क्याप्सुल, बा.५७ प २४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
ब्युरोले लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असार २०८३, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ