काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारूढ दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको पाइएको छ ।
नेता हरिबोल गजुरेलले २ फागुनमा बस्ने संघीय संसद् बैठकमा एमसीसीले गर्दा विकसित हुन सक्ने राजनीतिक घटनाक्रमलाई नियालेर मात्रै केन्द्रीय समिति बैठक बस्ने बताए ।
‘संसद्मा एमसीसीबारे त क्लीयर हुनुप-यो । नभइकन बैठक बसेर छलफल गर्नु उचित छैन । संसदमा एमसीसीबारेको अवस्था के हुन्छ ? त्यसपछि कसरी जाने ? के गर्ने ? अनि चाहिँ बैठक बस्नु ठीक हुन्छ’ नेता गजुरेलले जनतापाटीसँग भने ।
एमसीसीका कारण माओवादी विवादित छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २७ सेप्टेम्बर २०२१ मा एमसीसी कार्यालयलाई परियोजना अनुमोदन गरेर कार्यान्वयन गर्न सहमत रहेको भनि लेखेको पत्र सार्वजनिक भएसँगै माओवादी विवादित भएको हो ।
यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने बैठकको एजेन्डा थियो । बैठकका अन्य एजेन्डाहरू भने स्थानीय निर्वाचन, निर्वाचन केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरूलाई दिने र महासचिवसहितको पदाधिकारी छनोट गर्ने पनि थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ माघ २०७८, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन