काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न बिहीबार बिहान खुमलटार पुगेका नेता कोइरालाले सरकारमा गठबन्धन गर्न तयार रहेको तर चुनावमा कांग्रेस कुनै हालतमा गठबन्धनमा जान नसक्ने धारणा राखेका हुन् । ‘भेटमा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न भन्नुभयो, तर उहाँ (कोइराला)ले गठबन्धन गर्ने भए सरकारमा गरौंला । चुनावमा कुनै हालतमा गठबन्धन गर्दिनँ भन्नुभयो’ भेटमा सहभागी कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।
यस्तै, नेता कोइरालाले अध्यक्ष प्रचण्डलाई एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि आग्रह गरेका छन् । भेटमा दुई नेताबीच स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थिति तथा संसदको गतिरोध अन्त्यका विषयलगायतमा पनि छलफल भएको थियो ।
कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड