काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई राजीनामाको निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार काठमाडौंमा उपलब्ध पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको हालै सम्पन्न महाधिवेशनपछि पार्टी बलियोसाथ अघि बढिरहेका बेला थापाको यो निर्णयलाई अप्रत्यासित भनेका छन्। ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा वृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भइरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित र अप्रत्यासित रूपमा पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौ’ श्रेष्ठले बैठकपछि भनेका छन्, ‘पार्टीबाट अलग हुने उहाँको निणर्यमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ।’
राप्रपा पदाधिकारी बैठकले पार्टीले राजसंस्था र हिन्दु राज्यको अडान नछाडेको पनि स्पष्ट पारेको छ। ‘राप्रपा पार्टी स्थापनाको उद्धेश्य, हालै सम्पन्न महाधिवेशनले तय गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित छु, श्रेष्ठले अगाडि भनेका छन्, ‘यस घटनाबाट सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई द्विविधामा नपर्न र विचलित नहुन राप्रपा आग्रह गर्दछ।’
राप्रपा पदाधिकारी बैठकले आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पार्टीका सबै तहलाई अपिल पनि गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, १९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ
‘यथास्थितिको चुनावले देशमा परिवर्तन आउँदैन’ : कमल थापा
अब एकताबद्ध हुन ढिला नगरौँ : कमल थापा
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा