नारायणगढ । मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ढुंगा खस्न रोखिएपछि दुई तर्फी नै गाडी चल्न थालेका छन्।
तुईन खोला नजिकै माथिबाट ढुंगाहरू झर्दा बिगत केही दिनदेखि सवारी साधन एकतर्फी मात्रै संचालन गरिएको थियो।
सडक डिभिजन भरतपुरले बिहीबार बिहानदेखि तुइनखोलमा दुईतर्फी नै सवारी सञ्चालन सुरु भएको जानकारी दिएको हो।
तुइनखोला पुल नजिकै ढुंगाहरू खस्दा गएको बर्खामा पनि यो सडक पटकपटक अवरुद्ध भएको थियो।
तराईलाई राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा महत्त्वपूर्ण र पुरानो पृथ्वी राजमार्ग अवरुद्ध हुँदा गएको दसैँमासमेत निकै सास्ती पाएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ बैशाख २०८३, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्याग्दीमा गाडी पल्टिँदा १४ जना घाइते
दुई मन्त्रीको गाडी आपसमा ठोक्किएर दुर्घटना
चार दिनपछि फ्लाइओभरबाटै गाडी चल्ने