काठमाडौं । नेपाल प्रहरीमा सरुवा, बढुवा हुँदा राजनितिक देखि आर्थिक चलखेल हुँदै आएको छ । राजनितिक पहुच हुनेहरुले सजिलै आफुले चाहेको रोजेको स्थानमा सरुवा बढुवा गराउदैं आएका छन् । अहिले त्यस्तै, नेपाल प्रहरी भित्र एआइजी बढुवाको अन्तिम तयारी भइरहँदा डिआइजी बढुवामा झनै प्रतिस्पर्धी हुने देखिएको छ ।
थोरै सिट तर बढुवाका बलिया प्रतिस्पर्धी धेरै हुँदा डिआइजी बढुवा प्रहरी संगठनको लागि पेचिलो बनेको हो । आकांक्षीका दौडधुपले एआइजीमा जस्तै डिआइजीमा पनि दरबन्दी थप हुने सम्भावना देखिएको छ । एआइजीका तीन दरबन्दी मात्र थप हुँदा डिआजीमा पनि त्यति नै पद खाली हुन्छन् । जसमा २० जना बढुवाका दाबेदार छन् । ज्येष्ठताका आधारमा बढुवा हुने हो भने त्यसमा चार सिनियर एसएसपी प्रतिस्पर्धामा हुनेछन् ।
तर, एक सय आठ र एक सय १० टोलीका एसएसपीहरू शक्तिशाली भएकाले उनीहरू नै बढुवामा पर्ने सम्भावना छ । सिनियर ब्याचबाट मसाउद आलम खाँ, मोहन आचार्य, प्रदीपकुमार श्रेष्ठ र नलप्रसाद उपाध्याय बढुवाको प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट १४ जना एसएसपीमध्ये सबै जना शक्तिशाली छन् । जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर तथा भिमप्रसाद ढकाल प्रतिस्पर्धामा छन् ।
यसअघि बढुवामा फड्को मारेका दीपक थापाको राजनीतिक सम्पर्क राम्रो छ । सो ब्याचका अन्य एसएसपीहरू पनि शक्तिशाली मानिन्छन् । त्यसकारण बढुवामा चर्को प्रतिस्पर्धा हुने अवस्था देखिएको हो । अहिले ब्याचबाट जो पहिलो नम्बरमा बढुवा हुन्छ पछि त्यही व्यक्ति आइजिपीको सशक्त दाबेदार हुने भएकाले बढुवामा चलखेल हुने सम्भावनासमेत देखिएको छ ।
चुनावी सरकारले बढुवा गर्ने भएकाले बढुवामा आर्थिक चलखेल हुने आशंकासमेत गरिएको छ । यस्तो अवस्थामा इमान्दार अधिकृतहरू पछि पर्ने अवस्था आउने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ माघ २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान
६३ एसपीहरूको सरुवा (सूचीसहित)
७५ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)
१४४ जना प्रहरी हवलदार पदमा बढुवा सिफारिस (सूचीसहित)
भीआईपीका पीएसओका कारण इन्स्पेक्टर बढुवा अलपत्र