एजेन्सी । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । पछिल्लो २४ घन्टामा ८३ हजार ८७६ जना नयाँ संक्रमित भेटिएका छन् । एक महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ८९५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अझै पनि सक्रीय संक्रमितको संख्या ११ लाख ८ हजार ९३८ छ । कूल संक्रमितको २ दशमलव ६२ प्रतिशत सक्रीय संक्रमित छन् भने कोभिडबाट निको हुने दर ९६ दशमलव १९ प्रतिशत छ । त्यस्तै, कोभिड संक्रमण दर ७ दशमलव २५ छ ।
भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले आइतबार स्पुतनिक लाइट खोपलाई आपतकालीन प्रयोगका लागि मान्यता दिएको थियो । योसँगै भारतले कोभिडविरुद्ध ९ ओटा खोपलाई मान्यता दिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ माघ २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?