काठमाडौं । सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो ।
सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा भने दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने सम्बन्धी यो सिफारिस शिक्षा मन्त्रालयलााई भएको छ।
उनले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीस विद्यालयलाई ल्यापटप वितरण
गर्मीले कक्षा कोठामै विद्यार्थी ढल्न थालेपछि बर्दिबासका विद्यालय बन्द
विद्यार्थी न्यून भएका विद्यालय समायोजन
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
हुरी बतासले छानो उडाएपछि विद्यालयमा पठनपाठन प्रभावित
गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन