काठमाडौं । सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो ।
सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा भने दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने सम्बन्धी यो सिफारिस शिक्षा मन्त्रालयलााई भएको छ।
उनले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार आवश्यक निर्णय गर्न सक्ने पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ माघ २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
नेपालमा कति छन् विद्यालय ?
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
जनप्रतिनिधिलगायतले सामुदायिक विद्यालयमा बालबालिका भर्ना नगरे सेवा सुविधा कटौती