बिल्बाओसँग पराजित हुँदै रियल मड्रिड स्पेनिस बाहिरियो

एजेन्सी

शुक्रबार, २१ माघ २०७८, ०८ : ३८
बिल्बाओसँग पराजित हुँदै रियल मड्रिड स्पेनिस बाहिरियो

एजेन्सी । लालिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड स्पेनिस  बिल्बाओसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरिएको छ। बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोल अन्तरले पराजित हुँदै रियल मड्रिड कोपा डेल रेबाट बाहिरिएको हो 

रियलको हारसँगै एथ्लेटिक बिल्बाओ सेमिफाइनलमा पुगेको छ।एथ्लेटिक बिल्बाओलाई जिताउन एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे। उनले खेलको ८९ औं मिनेटमा भेस्गाको पासमा गोल गर्दै बिल्बाओलाई अन्तिम चारमा पुर्‍याए।

यससँगै एथ्लेटिक बिल्बाओ एकै सिजनमा रियल मड्रिड र बार्सिलोनालाई स्पेनिस कोपा डेल रे कपबाट आउट गर्ने दोस्रो टोली बनेको छ। यअघि रियल जारागोजाले पनि यी दुवै टोलीलाई एकै सिजनमा कपबाट बाहिर पुर्‍याएको थियो। 

एथ्लेटिक बिल्बाओसँगै भ्यालेन्सिया, रियल बेटिस र रायो भोलकानो सेमिफाइनलमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस