स्पानियोलमाथि रियलले निकाल्यो २–० को सहज जित

एजेन्सी

आइतबार, ०५ असोज २०८२, ०८ : २२
स्पानियोलमाथि रियलले निकाल्यो २–० को सहज जित

एजेन्सी । केलियन एम्बाप्पे र इडेर मिलिटाओको गोलको सहायतामा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ।

शनिबार राति भएको खेलमा रियलले स्पानियोललाई २–० गोलले पराजित गर्‍यो। घरेलु मैदानमा खेल्दै रियलका लागि मिलिटाओले २२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए।

पहिलो हाफमा १–० को बढ़त लिएको रियलले दोस्रो हाफको सुरुवातमै गोल थप्न सफल भयो। खेलको ४७औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गरे।

यस जितसँगै रियलले ५ खेलबाट अधिकतम १५ अंक जोड्दै शीर्ष स्थानमा पकड मजबुत बनाएको छ। पराजित स्पानियोल भने १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस