राखेपका बोर्ड सदस्यहरुद्धारा खेलकुद मन्त्रीसमक्ष बैठकको माग

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १८ : ०१
राखेपका बोर्ड सदस्यहरुद्धारा खेलकुद मन्त्रीसमक्ष बैठकको माग

राखेपका बोर्ड सदस्यहरुद्धारा खेलकुद मन्त्रीसमक्ष बैठकको माग 

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बोलाउनका लागि परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज समक्ष १३ जना बोर्ड सदस्यले संयुक्त रुपमा मागपत्र पेश गरेका छन् । 

बिहिबार मन्त्रालयमा उपस्थित भई मन्त्रीलाई संयुक्त रुपमा भेटेर पत्र बुझाउने कार्यक्रम रहेको भएतापनि मन्त्रिले भेट्न र पत्र बुझ्न अस्विकार गरेपछि बोर्ड सदस्यहरुले मन्त्रालयमा दर्ता गर्दै राष्ट्रिय खेलकुद परिषदका प्रशासन प्रमुखलाई समेत छायाँप्रति बुझाएका छन् । 

पछिल्लो पटक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको बोर्ड बैठक सरकार परिवर्तनसँगै स्थगीत भएको र नयाँ मन्त्री आएको ७ महिना बितिसक्दा पनि बैठक बस्न नसकेकोले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषदको बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गरेको राखेपका कार्यकारी बोर्ड सदस्य यकेन्द« बहादुर कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस